सुचना, समाचार र मनोरन्जन

म्याग्दीको ताकम गाउँबाट फिल्म ‘माइतीघर’को छायांकन थालियो,कलाकारलाई गाजाबाजा सहित स्वागत

काठमाडौं :

‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले म्याग्दीको ताकम गाउँबाट फिल्म ‘माइतीघर’को छायांकन थालेका छन्। बिहिबार स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै सुटिङ थालेका हुन्।

निर्माता अधिकारीका अनुसार फिल्मको छायांकन थलो धौलागिरी गाउँपालिका ७ मा पर्ने सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा थालिएको हो। ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ गरिने निर्माण पक्षको भनाई छ।

फिल्मका मुख्य कलाकार धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतलाई गाउका स्थानीयले गाजाबाजा सहित नाचगानले स्वागत गरेका छन्। मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन्। रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन्।

कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन्। निर्माता अधिकारीले यसअघि ‘छ माया छपक्कै, गाजलु र फर्की फर्की’जस्ता हिट फिल्म निर्माण गरेका थिए। उनका अनुसार यो फिल्म दसैंको फुलपातीमा प्रदर्शन गरिने छ।

Leave A Reply

Your email address will not be published.