सुचना, समाचार र मनोरन्जन

‘माग्ने राजा’ को टिजरले पायो व्यापक प्रतिक्रिया, निर्माण पक्ष उत्साहित

काठमाडौं :

अभिनेता विल्सन बिक्रम राई र केदार घिमिरे ‘माग्ने बुढा’ अभिनीत फिल्म ‘माग्ने राजा’ को टिजरले चर्चा बटुल्ल थालेको छ। सार्वजनिक भएको तीन दिनमै करिब १० लाख भ्युज बटुलेपछि निर्माण टिम फिल्मप्रति उत्साहित बनेका छन्। उनीहरु दर्शकको उत्साहजनक प्रतिक्रियाले दंग परेका छन्।

टिजर सार्वजनिक भएको छोटो अवधिमै सामाजिक सञ्जालमा सकारात्मक चर्चा बढेसँगै निर्माण पक्षले फिल्मप्रतिको चासो बढेको निष्कर्ष निकालेको छ। हास्य विधामा आधारित यो फिल्ममा घिमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन्। अभिनेता घिमिरेले ‘माग्ने राजा’ मा प्रयोग भएका संवाद र प्रस्तुतिलाई दर्शकले चिन्न सक्ने शैलीमा तयार गरिएको बताएका छन्।

ऋषि लामिछानेले निर्देशित फिल्ममा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको छ। मुनाल घिमिरेको लगानीमा निर्माण भएको यो चलचित्र आगामी भदौ ६ गते देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

यस फिल्मको टिजरमा २ हजार ९५ जना भन्दा बढिले कमेन्ट गरेका छन् भने सत्र हजारले लाइक गर्दै केदारको प्रशंसा गरेका छन्।

Leave A Reply

Your email address will not be published.