सुचना, समाचार र मनोरन्जन

‘बेहुली’मा दिव्याको जोडी सज्जनराज

काठमाडौं :

नयाँ गीतको भिडियो ‘बेहुली’मा दिव्यरायमाझी र गायक सज्जनराज वैद्य बीच सहकार्य भएको छ। नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझीबीच सांगीतिक सहकार्य भएको हो।

बिहीबार निर्माण पक्षले नयाँ गीतको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरेपछि उनीहरुबीच सहकार्य रहेको बुझिएको हो। यस गीतको भिडियो भने (भोली)शनिबार सार्वजनिक हुँदैछ। गीतमा दुवै कलाकारलाई एकसाथ देख्न सकिने छ। यसअघि दिव्या अभिनित फिल्म ‘एक्टर : टेक वान’,‘पिताम्बर’लगायत प्रदर्शनमा आइसकेका छन्। केहि फिल्महरु प्रदर्शनमा आउने तयारीमा छन् भने केहि निर्माण चरणमा छन्।

Leave A Reply

Your email address will not be published.