काठमाडौं :
आगामी बिहिबारबाट रिलिज गर्न लागिएको फिल्म ‘महाभोज’ को आज विशेष शो गरिएको छ। उक्त शोमा पत्रकार तथा सहकारी पीडितहरूलाई पनि निम्ता गरिएको थियो।
सहकारी पिडितहरुको कथामा आधारित रहेको फिल्ममा यसैका पिडितर्कीहरुलाई देखाइएको थियो। उनीहरुले केहि बेर हलमा फिल्म हेरिसकेपछि नारा जुलुस समेत लगाए।
दिनेश राउत निर्देशित यो फिल्ममा सहकारी पीडितको कथालाई उठाइएको छ। मल्टिस्टाटर फिल्म दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अन्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । आजको शोमा फिल्मका कलाकार बाहेक बाहिरका सेलिब्रिटीहरुलाई निम्त्याइएको थिएन।