सुचना, समाचार र मनोरन्जन

माण्डवी र राममणिको ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक

काठमाडौं :

हिउँदको मौसमसँगै मेला–महोत्सव र लगनका महिनाले सांगीतिक बजार तातिरहेका बेला नयाँ गीत ‘झ्याइँ झ्याइँ बाजा’ सार्वजनिक गरिएको छ। गायक तथा सर्जक राममणि फुयाँल को शब्द तथा संगीत रहेको उक्त गीत गायिका माण्डवी त्रिपाठी र स्वयं राममणि फुयाँलको स्वरमा रेकर्ड गरिएको हो।

गीतको संगीत संयोजन (एरेन्ज) विपिन आचार्य ले गरेका छन्। बीएम म्युजिक रेकर्डिङ स्टुडियो मा अडियो रेकर्ड सम्पन्न भएको गीतको म्युजिक भिडियो पनि विपिन आचार्यकै निर्देशनमा तयार गरिएको छ।

गीतको भिडियोमा राममणि फुयाँल र अश्विनी शाही को अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन, सम्पादन तथा कोरियोग्राफी विजय रुम्बा लामा ले गरेका हुन्। लगन र बिहेवारीको माहोललाई लक्षित गर्दै तयार गरिएको यो गीत हाल माण्डवी त्रिपाठीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.