
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- वेब प्रणालीमा साइबर सुरक्षा जोखिमबारे एससीएससीले जारी गर्यो नयाँ एड्भाइजरी
- तीन हजार ५८५ यात्रुलाई निःशुल्क बस सेवा
- टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी
- आज कात्तिक ५ गते बिहिबारको राशिफल हेर्नुहोस
- आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि
- राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
- खेलकुदसँग पर्यटन जोड्दै पोखरा एभेन्जर्स, क्याम्पिङ चौरको सौन्दर्यीकरण
- शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
- आज कात्तिक ३ गते मङ्गलबारको राशिफल हेर्नुहोस
- ‘छ माया छपक्कै-२’ : प्रेमको कथा कि राजनीतिक महाभारतको ऐना?
मन्त्रिपरिषद् बैठकको निर्णय: धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौँ,
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
समितिमा अर्थ मन्त्रालयका सचिव डा धनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो ।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।