सुचना, समाचार र मनोरन्जन
Sarangi

अभिनेता तथा निर्देशक गुरुङलाई सात प्रश्न : धामी चरित्र निभाउनका लागि अध्ययन पनि गर्नुभयो ?

काठमाडौं :

नेपालका चर्चित अभिनेता तथा निर्देशक हुन् माओत्से गुरुङ। उननले दर्जनौ फिल्ममा आफ्नो अभिनय तथा निर्देशनको कला दर्शकमाझ चम्काइसकेका छन्। अझ भनौ उनी निर्देशन र अभिनयमा अब्बल सावित भइसकेका छन्।

उनको निर्देशनमा बनेको पछिल्लो फिल्म फिल्म ‘दयारानी’ हिट भएको थियो। उनै अभिनेता माओत्से गुरुङ अभिनित फिल्म ‘अग्नीदहन’प्रदर्शनमा आउन लागेको छ। आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा उनको धामीको भुमिकामा अभिनय गरेका छन्। उनी धामीको चरित्रमा दर्शकमाझ आउँदैछन्। यहि फिल्मको बारेमा अभिनेता माओत्सेसँग गरिएको कुराकानी :

धामीको चरित्र निभाउन कत्तिको गाह्रो वा सजिलो ?

धामीको चरित्र निभाउन सजिलो चाहिँ पक्कै थिएन । एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो ।

यो चरित्रका लागि के कस्तो तयारी गर्नुभयो ?

धेरै तयारी थिएन । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।

ट्रेलर हेर्दा तपाईंले धामी भएर महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गर्नुभएको छ । यो काम तपाईंका लागि कत्तिको चुनौतिपूर्ण थियो ?

म फिल्मको कथाको पात्र भएर घटनामा उपस्थित भएको हुँ । त्यसकारण खासै समस्या चाहिँ भएन ।

माओत्से गुरुङले अहिलेसम्म दर्शकले सकारात्मक चरित्रमा हेरिरहँदा यो फिल्ममा तपाईं नेगेटिभ चरित्रमा देखिनुभएको छ । आफ्नो इमेज बिग्रिएला कि भन्ने डर छ कि छैन ?

म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस यस्तै मात्रै भुमिका गर्छु भनेर कहिले पनि रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु । दर्शकहरुले पनि सायद मबाट यस्तै भूमिकाको आश गर्नुहुन्छ होला ।

तपाईंको बुझाईमा बोक्सी आरोपित महिलाप्रति धामी किन यति क्रुर बन्छन् ?

मैले सबै धामी क्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो ।

धामी चरित्र निभाउनका लागि अध्ययन पनि गर्नुभयो ?

मैले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुँ । सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले खासै धेरै अनुसन्धान गरिनँ ।

के कुराले तपाईंलाई अग्निदहनमा काम गर्ने इच्छा जाग्यो ?

‘अग्निदहन’को निर्देशक घनश्याम लामिछाने मेरो मित्र पनि हुनुहुन्छ । उहाँले ‘तपाईलाई सुहाउने एउटा रोल छ भनेर भेटौं’ भन्नुभयो । उहाँलाई भेटें । रोल पनि सुनें । आफ्नो रोल मनपरेपछि फिल्ममा जोडिएँ ।

Leave A Reply

Your email address will not be published.