सुचना, समाचार र मनोरन्जन

प्रतिनिधि सभामा दुई समितिका प्रतिवेदन पेस हुँदै

काठमाडौँ,

प्रतिनिधि सभा बैठकमा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन् ।

बिहीबार बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१र०८२’ पेस गर्नेछिन् ।

यसका साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ ।

Leave A Reply

Your email address will not be published.