काठमाडौं :
नयाँ वर्षको अवसर पारेर बलिउड गायक तथा र्ययापर मेलोडी लाईभ सांगितिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन्। उनलाई एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो ।
उनी दरबार मार्गस्थित क्लब नेक्ससमा लाईभ प्रस्तुती दिने तयारी भइरहेको एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए। उनका अनुसार नयाँ वर्षको अघिल्लो साँझ लाईभ सांगितिक प्रस्तुति दिने छन्।
मेलो डी युवा पुस्ता माझ लाइमलाइटमा छन्। ‘ड्रंक एण्ड हाई’, ‘फाइटर फिल्म गीत–इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ ¥याप गीत–तेरे आंखे भूल भुलैया, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चार्ट टपिङ हिट गीतहरू दिएर चर्चा बटुल्दै उनले संसारभर फ्यान बढाएका छन् ।