
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा २२ मा ५० हजार पुरस्कार राशिको तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुँदै
- नयाँ संरचना र डिजिटल प्रणालीसहित ECAN कास्कीको नयाँ कार्यालय उद्घाटन
- आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइन, कमलादी
- हरर फिल्म ‘भिडियोटेप’मा उपासना र कुन्दनको जोडी, ३१ दिनमा सकियो सुटिङ
- जापानमा रहेका काशी भण्डारीको नयाँ गीत ‘देशै पियरो’ सार्वजनिक
- तनावबीच हँसाउन आयो ‘चमेलीको पोइ’, १८ वर्षपछि पर्दामा फर्किए ‘प्रेमचरो’
- बाबुुल गिरी र बबी लिम्बुको स्वरमा फिल्म ‘परिवार’को दशैं डान्सिङ नम्बर ‘रातो टिका’
- ६ महिनाको ऐना: शासकीय आशा र हुकुमी छायाँ
- कास्की काँग्रेसको सभापतिमा दिनेश आचार्यको आकाङक्षा
- पुष्प र प्रशंसाले दाङबाट सुरु गरे ‘सिन्दूर’को छायांकन
सेनाले गर्यो पर्वतकी मीना सुनारको उद्धार
गण्डकी,
रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याएको छ ।

मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएकी उहाँलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो । त्यहाँ उहाँको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै पोखरा लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिनुभयो ।
“स्वास्थ्य परीक्षणका क्रममा उहाँको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको छ”, उहाँले भन्नुभयो ।