सुचना, समाचार र मनोरन्जन

‘मुगलान’को नयाँ गीत ‘मेरो प्रियमत’ सार्वजनिक

काठमाडौं :

आगामी पुस १० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ सार्वजनिक गरिएको छ। सोमबार निर्माण पक्षले सार्वजनिक गरेको गीतको भिडियोमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाल फिचर्ड छन्। भिडियोमा दुवै कलाकारको जोडीले राम्रो उपस्थिति दिएको देखिन्छ।

प्रताप दास र बेनिशा पौडेलले गाएको गीतमा सिर्जना लम्सालको शब्द, किरण भुसालको संगीत र रिदम कँडेलको संगीत संयोजन समावेश छ। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। भिडियोको कोरियोग्राफी देबेन्द्र कुँवर र छायांकन अजय रेग्मीले सम्भालेका छन्।

यसअघि सार्वजनिक ‘पिन्टु पियारी’ गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको निर्माण पक्षले जनाएको छ।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘मुगलान’मा प्रभात पाल र स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता गोमन सिंह हुन्। सिंहको यो पहिलो निर्माण परियोजना हो। रिता चौधरी सह-निर्माताको रूपमा छन्।

फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरूको द्वन्द्व निर्देशन, र बिजिएम रिदम कँडेलको संगीत छ। गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) सहभागी छन्। गीत लेखनमा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) रहेकाछन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ। ‘मेरो प्रियमत’ गीत युना इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.