सुचना, समाचार र मनोरन्जन

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन ।

Pach Pandav

जामुनेबाट पोखरासम्म पर्ने पश्चिम खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको खण्डमा अहिलेसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ ।

यो खण्ड आउँदो पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ साल जेठ ३ गते ७ अर्ब ४० करोड रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

Leave A Reply

Your email address will not be published.