काठमाडौं :
फिल्म ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। बिहिबार निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो।
पोस्टरमा मुकुन तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका छन्। कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन्। उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ। तर खास कुरा के हो भनेर यसै अनुमान गर्न सकिदैन।
उनको यो लुक्सले उनी खलपात्रको रुपमा फिल्ममा रहेको प्रष्ट पारेको छ। तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन पनि सक्ने सामान्य अनुमान गर्न भने सकिन्छ। यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरीको लुक्स पनि सार्वजनिक गरेको थियो। जहाँ उनी कुर्थासुरुवालमा देखिएकी थिइन्।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन्। दाङ र काठमाडौंमा ‘कर्मा’को छायांकन गरिएको यस फिल्म यहीँ चैत २९ गतेबाट देशभरका हलमा रिलिज हुँदै छ। नेपाल र विदेशमा यो फिल्ममा एकसाथ प्रदर्शन हुनेछ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ। एक्सन ड्रामा जनरामा निर्माण भएको फिल्म कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।
केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ। यसअघि निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।