सुचना, समाचार र मनोरन्जन

‘होस्टेल ३’लाई दुई नयाँ चलचित्रको बराबरी शो, बिहीबार मध्यपूर्वका देशहरूमा रिलिज

काठमाडौं :

गत शुक्रवार देखि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल ३’ले दोस्रो हप्ताको सङ्घारमा प्रवेश गरेको छ। अहिलेसम्म यो फिल्मलाई दर्शकले हलमा बढेसँगै व्यापक शो प्राप्त गरेको हो। फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली फिल्महरू ’अञ्जिला’ र ’आउटलः दफा २१९’सँग बराबरी शो प्राप्त गरेको छ।

बुधवार साँझ सम्म हाउस फुल दर्शकका साथ प्रदर्शन भइरहेको ‘होस्टेल ३’लाई अत्यधिक रुचाइएको छ। कलाकारहरूसहित निरन्तर हलमा दर्शक भेट्न पुगिरहेका यसका निर्देशक सशान कँडेलका अनुसार तीन पटकसम्म चलचित्र हेर्न आएका दर्शकहरू भेटिएका छन्। उनका अनुसार ‘वर्ड अफ माउथ’ सकारात्मक भएका कारण फिल्मलाई यो सफलता प्राप्त भएको हो। हल पुगेका दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन्।

पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ,हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्। निर्देशक कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गर्दै दर्शकलाई धन्यवाद दिएका छन्। फिल्मले पहिलो हप्ताको अन्त्यसम्म आइपुग्दा अपेक्षाभन्दा निकै नै माथिको व्यापार गरेको छ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन्। फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस फिल्मको सम्पादन विकास दाहालले गरेका छन्। हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल,अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन्। यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन्। फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन्।

Leave A Reply

Your email address will not be published.