काठमाडौं :
नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। एशोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा राजधानीमा भएको प्रथम अधिवेशनले रविको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले एशोसिएसनको उपाध्यक्षमा सुशीला थापा, सचिवमा डेभिल सिंह राजपुत, कोषाध्यक्षमा नितु श्रेष्ठ,सह–सचिवमा कृष्ण श्रेष्ठ, सह–कोषाध्यक्षमा विशाल पासवान चयन गरेको छ। त्यस्तै सदस्यहरुमा भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ शेर्पा र रवि लामा तामाङ निर्वाचित भएका छन्।
संस्थापक अध्यक्ष मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरुको हकहितको लागि सधै आवाज उठाउदैं संस्थालाई अगाडि बढाउन सबैले महत्वपूर्ण भूमिका खेलेको बताइन् । नवनिर्वाचित अध्यक्ष धमलाले नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेहरुलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकहरुको हकहितको लागि आफ्नो काम गर्ने प्रतिवद्धता व्यक्त गरे।