काठमाडौं :
र्यापर मनोज ओलीले नयाँ सामाजिक सन्देशमूलक र्याप सार्वजनिक गरेका छन्। उक्त र्यापमा विद्यमान नेपाली समाजको गहिरो यथार्थलाई स्पष्ट र प्रभावकारी ढंगले चित्रण गरिएको छ।
गीतमा जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ आए पनि धनी वर्ग झन धनी हुँदै गएको र गरिब जनताको पीडा अझ बढिरहेको सन्देश दिइएको छ। गणतन्त्रपछि गरिबका दिन फर्किन्छन् भन्ने आशामा राजनीति गर्नेहरू सत्तामा पुगे पनि जनताको जीवनस्तरमा खासै परिवर्तन नभएको यथार्थलाई र्यापमार्फत उजागर गरिएको छ।
राजनीतिक दलहरूले पटक–पटक दिएको आश्वासन र व्यवस्था फेरिए पनि अवस्था नफेरिएको तथ्यलाई र्यापले जीवन्त रूपमा प्रस्तुत गरेको छ।
अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछि समेत उनीहरू न्यूनतम शिक्षा, स्वास्थ्य र एक छाक भोजनबाट समेत बञ्चित भइरहेका छन् भन्ने विषयवस्तु गीतको मुख्य मर्म बनेको छ। उक्त र्याप भिडियोमा मुकुन भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ भने निर्देशन निकेश खड्काले गरेका हुन्।