
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ भव्य रूपमा सम्पन्न
- पाकिस्तानी गायक आतिफ अस्लम पहिलोपटक इटहरीमा गुञ्जिने
- एस्पी कोइरालाद्वारा कट्टेलको गीति एल्बम ‘गन्तव्य’ लोकार्पण
- फ्राइडे रिलिज : देशभरका हलमा लागे ‘ककाकिकी’ र ‘सारथी’
- गौरी मल्ल हिरोइन होइन,नर्स बन्न चाहान्थिइन
- बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन
- सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
- प्रधानमन्त्री कार्यालयद्धारा कार्यसम्पादन विवरण सार्वजनिक, विपद् कोषमा १८ अर्ब मौज्दात
- पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश
- भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी
‘सुख–दुख’को वितरण अधिकार एफडी कम्पनी र रिच इन्टरटेनमेन्टलाई
काठमाडौँ :
अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘सुख–दुख’ मा भारतीय छायाँकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन्। आइतबार निर्माण पक्ष र उनीहरूबीच औपचारिक सम्झौता भएको हो।
कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी फिल्ममा छायाँकारका रूपमा काम गरिसकेका छन्। शाहिद लालले मुख्यतः कन्नड र तेलुगु फिल्महरूमा छायांकन गरेका छन्। बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुङ्गानाको दोस्रो निर्देशनमा अनुबन्ध गरिएको हो।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ। निर्देशक ढुङ्गानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइएको छ।
फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ। निर्देशक ढुङ्गानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन्। ‘मलाई निर्देशकको रूपमा विश्वास गर्नु भएकोमा सबैलाई मनदेखि धन्यवाद। ‘सुख–दुख’ हाम्रो सांस्कृतिक भावना र कथामा नयाँ आयाम थप्नेछ,’ निर्देशक ढुङ्गानाले भनिन्।
‘नीता फिल्म्स’को व्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दशैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने तयारी छ। यसअघि नीता ढुङ्गानाले निर्माण गरेको पहिलो फिल्म ‘ह्रस्वदीर्घ’ सफल भएको थियो।