काठमाडौं :
हास्य कलाकार जितु नेपालले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’अचानक बन्द भएको घोषणा गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत शो बन्द भएको जानकारी दिएका हुन्।
शो बन्दको कारण पछि भन्दै पन्छिएका जितुले आर्थिक धान्न ग्राहो भएको कारण बन्द भएको जानकारी दिएका छन्। उनका अनुसार अब नयाँ शैलीको कार्यक्रम निर्माण गर्ने तयारीमा जुटेका छन्। पछिल्लो समय यो शोको तेस्रो सिजन प्रसारण भइरहेको थियो ।
तेस्रो सिजनसम्म १८४ भाग प्रसारण गरेका जितुले यो शो बन्द गरेको जानकारी दिदै दुई फिचर फिल्ममा आफू व्यस्त हुने बताए।