सुचना, समाचार र मनोरन्जन

कुन मन्त्रालय कसले लिने भन्दै विषयमा नै अन्योलमा एमाले र माओवादी केन्द्र

काठमाडौं :

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नव गठित चारदलबीच अझैँ भागबण्डका मिलेको छैन। सोमबार बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति सहित भागबण्डा लगाएको थियो। जुन मंगलबारसम्ममा कुनै प्रगति देखिएको छैन। यसबारेमा सोमबार साँझ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीचको बैठकले ८ बुँदे सहमति गरेको थियो।

उक्त सहमति गर्नेमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। सोही सहमति अनुसार हिजै तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले सपथ खाइसकेका छन्। उनीहरुले सपथ खाएपनि कुन मन्त्रालय हो भन्नेमा टुङ्गोमा लागेका छैनन्।

सहमतिको तेस्रो बुँदामा सरकारमा सहभागी दलहरूका बीचमा भागबण्डाको कुरा उठाइएको छ। ज्समा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ। प्रधानमन्त्री दाहालले पुरानो गठबन्धनका सबै मन्त्रीलाई पदमुक्त गरिसकेका छन्। सबै मन्त्रीको पद खाली भएपछि प्रधानमन्त्री आफैले ति मन्त्रालय समालेका छन्।

Leave A Reply

Your email address will not be published.