Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म
- लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न, ५८ बालबालिका फाइनलका लागि छनोट
- शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
- भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता
- मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक
- नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
- मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल
- पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
- हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत गण्डकीमा आठ परियोजना सञ्चालनमा
गण्डकी,
गण्डकी प्रदेशका छ जिल्लाका आठ स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा ल्याइएको छ ।
नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको म्याग्दे र ऋषिङ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग परियोजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
परियोजना सञ्चालनका लागि पहिलो किस्ताबापत दुई करोड ४० लाख ७३ हजार रुपैयाँ रकम भुक्तानी भइसकेको कार्यालयका उपसचिव पार्वती लामिछानेले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकामा कृषक पाठशाला, पुतलीबजार नगरपालिकामा मुस्लिम समुदाय लक्षित उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन परियोजना र सहिदलखन गाउँपालिकामा मनकामना फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन गरिएको हो ।
यसैगरी, म्याग्दे गाउँपालिकामा बालबालिकाको शैक्षिक विकास, घरपझोङ गाउँपालिकामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र, बेँसीसहर नगरपालिकामा मौरीजन्य उत्पादन प्रवर्द्धन, ऋषिङ गाउँपालिकामा मौरी उद्योग र गोरखा नगरपालिकामा मट्का घरबास ‘होमस्टे’ परियोजना अगाडि बढाइएको हो ।
उक्त कार्यक्रमका लागि चालु आवमा सङ्घीय स–सर्ततर्फको चार करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको उपसचिव लामिछानेले बताउनुभयो । स्थानीय तहको लागत साझेदारीमा परियोजना सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन कार्यविधिअनुसार स्थानीय तहले अनुदान पाएका हुन् । बहुवर्षीय कार्यक्रम भएकाले आगामी वर्षमा पनि बजेट विनियोजन हुने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रमका लागि विभिन्न स्थानीय तहबाट २९ वटा प्रस्ताव पेस भएकामा प्रदेश छनोट तथा सिफारिस समितिले मूल्याङ्कन गरी आठ वटा परियोजना प्रस्ताव स्वीकृत गरेको थियो । प्रदेश तथा स्थानीय शासन सबलीकरण परियोजनाअन्तर्गत सञ्चालित यस कार्यक्रमबाट प्रदेश तथा स्थानीय तहलाई सक्षम र उत्तरदायी बनाउन सहयोग पुर्याउने लक्ष्य छ । आव २०७८र०७९ देखि नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनमा रहेको छ ।