काठमाडौं :
बिहे नगरी बच्चा जन्माउछु भन्दै चर्चामा आएकी अभिनेत्री तथा ओशो सन्न्यासी नम्रता सापकोटा अन्तत : वैवाहिक जीवनमा बाँधिएकी छन्। उनले सामाजिक सञ्जालमा केहि तस्विरहरु सेयर गर्दै आफु विवाह बन्धनमा बाँधिएको जानकारी दिएकी हुन्।
ओजस नाम गरेका युवकसँग बिहीबार लगनगाँठो कसेकी हुन्। उनको विवाहमा दुई पक्षका सीमित पारिवारिक सदस्य बाहेक अरुको उपस्थिति रहेको जानकारी छैन। उनको विवाह कुन ठाउँमा गरिएको हो भन्ने कुरा समेत यकिन छैन।
अभिनेत्री सापकोटाले बुधबार साँझ मेहन्दी समारोहको एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। केहि फिल्ममा अभिनय गरेकी उनी २०७८ सालमा नम्रता आफ्नो एक अभिव्यक्तिका कारण समाजिक सञ्जालमा निकै ट्रोल भएकी थिइन्।
पछिल्लो समय राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’मा सापकोटाले अभिनय गरेकी थिइन्। १२ वर्षअघि फिल्म ‘अन्तराल’बाट डेब्यु गरेकी थिइन्। हिट फिल्म ‘छक्का पञ्जा’मा समेत अभिनय गरेकी नम्रताले एक दर्जन हाराहारी फिल्ममा अभिनय गरिसकेकी छन्।