सुचना, समाचार र मनोरन्जन

फिल्म ‘नांगो गाउँ’को ट्रेलरमा राजनीतिक दाउपेच

काठमाडौं :

यहि भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले चार मिनेट लामो ट्रेलर रिलिज गरेका हुन्।

Chaka Panja

ट्रेलरमा जसरी पनि चुनाव जितेर गाउँको विकास गर्ने अड्डी कसेका दुई उम्मेदवारबीचको राजनीतिक दाउपेचलाई देखाइएको छ।
दयाहाङ राईको मुख्य भुमिका रहेका फिल्मा शिशिर बाङ्देल,मिरुना मगर, कार्म, साम्राज्ञी शाह लगायतको अभिनय रहेको छ । दीपेन्द्र लामा निर्देशित फिल्ममा पटकथा लेखन पनि निर्देशक लामाकै छ । जय श्रेष्ठले क्लर्क वर्क क्रियसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.