सुचना, समाचार र मनोरन्जन

चैत २९मा राजेश हमालको ‘नरसिंहाः अवतार’नआउदा कर्मा र पिताम्बरलाई हाईसन्चो

काठमाडौं :

नयाँ वर्षको छेको पारेर चैतको २९ गतेबाट रिलिजमा आउने भनिएका फिल्म ‘नरसिंहा : अवतार’ रिलिज नहुदा कर्मा र पिताम्बरलाई हाईसन्चो भएको छ । एकै दिन तीन वटा फिल्ममा दर्शक बाँडिने भएपछि निर्माण टिम अतालिएका थिए। अब भने २ वटा मात्रै फिल्म प्रदर्शनमा आउने भएपछि कर्मा र पिताम्बर टिमलाई केहि राहात मिलेको हो।

यहि फिल्मबाट अभिनेता राजेश हमाल ७ वर्षपछि फिल्ममा फर्कन लागेका थिए। उनको यो चाहाना पनि यस वर्ष पनि पुरा नहुने पक्का भएको हो। दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालको साथमा राज कटुवाल, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिसा भट्टराई लगायतका कलाकारहरुको अभिनय छ। फिल्म ‘नरसिंहाः अवतार’लाई एक्सन र प्रेम कथामा निर्माण गरिएको छ। दर्शकले फिल्मबाट पूर्ण मनोरञ्जन प्राप्त गर्ने विश्वास निर्देशक भट्टराइको छ।

यता कर्मामा सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘कर्मा’मा विपिन कार्की,उपासना सिंह ठकुरी लगायतको अभिनय रहेको छ। एक्सन जनराको यो फिल्मको लगानी करिब ३ करोड ८० लाखमा निर्माण भएको हो। निर्देशक चौधरीका अनुसार अघिल्लो फिल्म ‘अगत्स्य’भन्दा सुधारिएको छ।

निर्माता हुँदै निर्देशनमा होमिएकी कृषा चौलागाइँ निर्देशित फिल्म ‘पिताम्बर’पनि महँगो लगानीमा बनेको हो। यसमा दयाहाङ राई,दिव्या रायमाझी,प्रदीप खड्का लगायत दर्जनौ कलाकारहरुको अभिनय रहेको छ। पाँच करोड हाराहारीमा निर्माण भएको यो फिल्मलाई पनि राजेश हमालको फिल्म नआउँदा केहि हदसम्म हाईसन्चो भएको हो।

Leave A Reply

Your email address will not be published.