
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
- पोखरामा चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिता: कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’ प्रथम
- मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
- बजार अनुगमनमा भएको व्यवहारप्रति निजी क्षेत्रको असन्तुष्टि
- असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
- प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो
- हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
- विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा
- फिर्केखोला करिडोरको काम अघि बढाउँदै महानगर, ७ दिनभित्र संरचना हटाउन अन्तिम चेतावनी
- घुम्ती गोठमा रमाएका टीकाजीत
नारायणी लिफ्टबाट रोपाइँका लागि पानी छोडियो
चितवन,
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि नहरमा पानी छाड्न सुरु गरेको छ ।
सो कार्यालयले आठ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । नारायणी लिफ्टमा रहेका दुईवटा पम्पबाट चार हजार ७०० हेक्टर र खगेरी सिँचाइबाट तीन हजार ९०० सय हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ ।

कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार खगेरी सिँचाइमा यही असार १० गतेदेखि पानी छाड्न थालिएको हो । नारायणी लिफ्टमा पूजा गरेर पानी छाड्न थालिएको उहाँले जानकारी दिए। अहिले लिफ्टको ‘बी’ पम्पबाट पानी छाडिएको छ । उनले भने, “पम्पको पूजा गरेर आजदेखि पानी छाडिएको छ ।” असार १५ गते धान दिवसका अवसरमा रोपाइँका लागि पानी छाडिएको उनले बताए । गत आर्थिक वर्षमा पनि असार १० गतेबाट पानी छाडिएको थियो ।
‘सी’ पम्पबाट असार तेस्रो साताबाट पानी छाडिने उनले बताए । उनका अनुसार बी पम्पबाट एक दशमलव सात घनमिटर प्रतिसेकेन्ड पानी तानिने गरिन्छ भने सी पम्पबाट अधिकतम आठ घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने गरिन्छ । नहर सरसफाइ गरेर मूल नहर र शाखाहरुमा पानी छाडिएको चालिसेले बताए ।
नारायणी लिफ्टबाट देवनगर, लङ्कु, टाइगरचोक, फूलबारी, राधापुर, श्रीपुर, तोरिखेत, पारसनगर, शिवनगर, गोरखाली टोल, गोन्द्राङ्, वन्देवी, काँडाघारी गौरीगञ्ज क्षेत्रको सिँचाइ हुँदै आएको छ । खगेरीबाट देवनगर, मङ्गलपुर, गीतानगर, पार्वतीपुर क्षेत्रमा सिँचाइ हुने गरेको छ । यस कार्यालयले धान र गहुँ बालीलाई लक्षित गरि नहरमा पानी छाड्दै आएको छ ।
–––
Prev Post