सुचना, समाचार र मनोरन्जन

‘दयारानी’मा ‘ए हो र,आफु को हो र’ सम्वादले चर्चामा नयन

काठमाडौं :

शुक्रबारबाट हलमा लागेको फिल्म ‘दयारानी’लाई दर्शकको साथ बढिरहेको छ। माओत्से गुरुङ निर्देशित ‘दयारानी’को टिजर रिलिज भएयता ‘ए हो र, आफू को हो र ?’ संवाद अहिले चर्चाको विषय बनेको छ। त्यसले पनि दर्शकलाई हलमा फिल्म कस्तो होला भन्ने कौतुहलता जगाएको थियो। हलमा राम्रै कमाई गरिरहेको फिल्ममा यो संवाद बोल्ने अभिनेत्री नयन गुरुङको समेत चर्चा हुन थालेको छ।

बिहीबार काठमाडौंमा भएको फिल्मको प्रिमियरमा अधिकांश सेलिब्रेटीले यहि संवाद सम्झिएका थिए। फिल्म ‘दयारानी’बाट निकै चर्चा कमाएकी यि अभिनेत्रीलाई अरु फिल्ममा अफर भने आएको छैन्। उनी आफ्नो स्कृप्ट बोकेर निर्देशक आएको खण्डमा फिल्म खेल्ने चाहाना राखेकी छन्। एक अनलाईन संवादमा उनले आफुलाई सुहाउदो भुमिका आएको खण्डमा आफु फिल्म खेल्न इच्छुक रहेको बताइन्।

पत्रकारले उनलाई अब अर्को सिनेमा देख्न पाइन्छ? भन्ने प्रश्नमा उनले भनिन्,‘अहिलेसम्म त सिनेमाको लागि अफर पाइसकेको छैन तर राम्रो स्क्रिप्ट र मलाई सुहाउने भुमिका आयो भने तपाईंहरुले मलाई अर्को सिनेमामा निश्चित रुपमा हेर्न पाउनुहुनेछ ।’

Leave A Reply

Your email address will not be published.