सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

नेविसंघ पोखराद्वारा गृहमन्त्रीको राजीनामा माग

पोखरा ।

नेपाल विद्यार्थी संगठन पोखराले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत राजीनामा माग गरिएको हो ।

बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेसका केन्द्रीय सह—महामन्त्री महेन्द्र यादवलाई धारिलो खुकुरी प्रहार गरि सांघातिक हमला गरिएको विषयलाई लिएर नेविसंघ पोखराले गृहमन्त्रीको राजीनामा माग गरेको नेविसंघ पोखरा महानगरपालिकाका सभापति विपिन पौडेलले जानकारी गराए ।

यादव नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष र नेपाल सरकारका पूर्व मन्त्री समेत हुन् । यादवमाथि भएको घटनाप्रति नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिले गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

sfal

सार्वजनिक स्थलमा दिउँसै यादवमाथि आक्रमण हुनु र पुर्व मन्त्री जस्ता व्यक्तित्वको ज्यानको सुरक्षा नहुनु सह्रानिय नभएको उल्लेख गरिएको छ । अहिलेको गृहमन्त्रालयले देशको शान्ति सुरक्षा र नेपाली जनताको ज्यानको सुरक्षा गर्ने विषयमा विश्वास नरहेको ठहर नेविसंघ पोखराको छ ।

देशको शान्ति सुरक्षा र जनताको ज्यानको सुरक्षा गर्न नसक्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले यथाशिघ्र राजीनामा दिनुपर्ने पौडेलले बताए ।

विपिन सँगै नेविसंघ कास्की क्षेत्र नं २ का सभापति अमन के.सी, महानगर कार्यसमितिका सह–सचिव अदित भुजेल, सदस्य सविन पौडेल, सुवर्ण के.सी. र आयुष थापा सहभागितामा जिल्ला प्रशासन कार्यालय कास्कीलाई गृहमन्त्रीको राजीनामा माग पत्र बुझाइएको थियो ।
खुकुरी प्रहारबाट घाइते भएका नेता महेन्द्र यादवको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.