
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान जारी, ५ हजारभन्दा बढीको परीक्षण गर्ने लक्ष्य
- विक्की श्रद्धाको ‘ककाकिकी’को प्रिमियरमा चलचित्रकर्मीले गरे प्रशंसा
- नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड
- घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
- फेरी मान्यता पायो गगन सभापति रहेको कांग्रेसले
- फेवा किङ्स कप भलिबलः एपिएफद्वारा पुलिस पराजित
- १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्यो
- फेवा किङ्स कपः पहिलो खेलमा गण्डकी प्रदेश विजयी
- नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक: अर्थमन्त्री वाग्ले
- चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न
बैतडी,
भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद, समन्वय र स्थापित संयन्त्रमार्फत समाधान गर्ने तथा शान्ति, सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।
सीमा क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, व्यापार सहजीकरण तथा पूर्वाधार मर्मत र निर्माणलगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागुऔषध ओसारपसार, मानवबेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान–प्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । सीमा आवागमनलाई सहज र प्रभावकारी बनाउने विषयमा पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो ।

“बाढी, पहिरो तथा आकस्मिक बाढीको जोखीम नेपाल–भारत दुवैतर्फ नै छ” प्रजिअ अर्यालले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि सूचना आदान–प्रदान गर्ने साझा संयन्त्र निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।” बैठकमा नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म थप सुदृढ गर्दै सीमा समन्वय बैठकलाई निरन्तरता दिने विषयमा समेत सहमति भएको जानकारी दिइएको छ ।
बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा बैतडी र दार्चुला जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । भारतको तर्फबाट पिथौरागढ जिल्लाका अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि सहभागी रहेको जानकारी दिइएको छ ।