सुचना, समाचार र मनोरन्जन

चार दिनमा झन्डै सय अङ्कले बढेर शेयर बजार २७ सय विन्दु नजिकै

काठमाडौँ,

शेयर बजार लगातार चौथो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४२ अङ्कले बढेर २ हजार ६ सय ९४ दशमलव ८२ विन्दुमा पुगेको छ । पछिल्लो चार दिनमा नेप्से झन्डै सय अङ्कले उकालो लागेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर २.८३ प्रतिशत, निर्जीवन बीमा समूहको शेयर २।५१ प्रतिशत, विकास बैंक समूहको शेयर २ दशमलव ३१ प्रतिशतले उकालो लागेको छ ।

आज ग्रीन विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से दोहोरो अङ्कले बढेको दिन आईसीएफसी फाइनान्स कम्पनीको डिबेन्चर ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ३ करोड १ लाख कित्ता शेयर ९ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.