गण्डकी,
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चलचित्र पत्रकार संघको चुनावी माहोल तात्यो, अध्यक्ष र महासचिवमा कडा प्रतिस्पर्धा हुने संकेत
- पोखरा महानगरको सार्वजनिक सुनुवाई सम्पन्न, महानगरबासीले दिए महत्वपूर्ण सुझाव
- ‘साहु बा’ ट्रेलर सार्वजनिक : बदला, अपराध र एक्सनले भरिएको महत्वाकांक्षी वेभसिरिज
- फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
- ‘पाँच पाण्डव’मा को थपियो नयाँ कलाकार ?
- शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
- बालेन शाह नेतृत्वको सरकारप्रति ‘नरम’ देखिए पूर्वराजा ज्ञानेन्द्र
- २०८२ सालको अन्तिम दिन शेयर बजार सामान्य घट्यो
- हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
- राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन
कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ ।
कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो । तीन वर्ष अघि मौरीपालनका लागि नमूना परीक्षा सुरु गरेको गाउँपालिकाले यसको सम्भावना देखेसँगै कृषकलाई प्रोत्साहित गर्ने गरी अनुदानको कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
गाउँपालिकाभित्रका कृषककका लागि दुई हजार १०० मौरीका घार ५० प्रतिशत अनुदानमा वितरण गरिसकिएको बताउँदै उनले यस वर्ष गाउँपालिकाभित्र एक लाख लिटर मह उत्पादन भएको जानकारी दिए ।
उत्पादित महको बजारीकरणमा समस्या नभएको उल्लेख गर्दै उहाँले घरघरबाटै मह बिक्री हुने गरेको बताउनुभयो । मौरी पालनसँगै गाउँपालिकाभित्र करिब ७०० जना स्वरोजगार बनेको उहाँको भनाइ छ । उहाँका अनुसार विशेषतः मौरीपालनमा रुपा १ देउपुर बेसी, रुपा २ को सिर्कुतान, वडा नं ३ को छापपाखा, वडा नं ४ को माउ डाँडा, रुपा ५ को देउराली÷देउराली फेदी, रुपा ६ को भिरचोक÷खोलाको छेउ र रुपा ७ को काउरे÷हंशपुर÷माझठानालगायतका स्थानमा मौरीपालनतर्फको आकर्षण बढीरहेको छ ।