सुचना, समाचार र मनोरन्जन

अक्षय कुमारको ‘भूत बंगला’को नयाँ पोस्टर रिलिज

काठमाडौं :

बलिउड अभिनेता अक्षय कुमार अभिनीत नयाँ फिल्म ‘भूत बंगला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार फिल्मको पोस्टर रिलिज गरेको हो।

सार्वजनिक पोस्टरमा अक्षय कुमारलाई रुखबाट उल्टो झुण्डिएको रहस्यमय शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्मको डर र रहस्य मिश्रित कथावस्तुको संकेत गरेको छ र यसले दर्शकको उत्सुकता बढाएको छ।

निर्माण पक्षका अनुसार फिल्मको टिजर आगामी चैत १२ गते सार्वजनिक गरिने तयारी गरिएको छ। दर्शकहरूले पोस्टरमा देखाएका दृश्यको आधारमा फिल्मलाई लिएर आफ्नै अनुमान र चर्चा सुरु गरिसकेका छन्।

फिल्मलाई भारतीय निर्देशक प्रियदर्शनले निर्देशन गरेका हुन्। अक्षय कुमार र प्रियदर्शनको सहकार्यमा बनेका अघिल्ला फिल्महरूले राम्रो सफलता पाएको थियो। सोही कारण दर्शकले पनि यो फिल्म ‘भूत बंगला’प्रति दर्शकको अपेक्षा उच्च रहेको बुझिन्छ।

निर्माण टिमले भनेको छ कि पोस्टरले फिल्मको डरावनी र रोचकपन दुबैको संकेत गर्छ र आगामी टिजर रिलिजसँगै फिल्मबारे अझै व्यापक चर्चा हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.