सुचना, समाचार र मनोरन्जन

सेयर बजारमा दोहोरो अङ्कको सुधार, कारोबार ३ अर्ब माथि

काठमाडौँ,

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अङ्कले बढेर २५७८.७३ विन्दुमा बन्द भएको छ।

आजको बजारमा सकारात्मक माहोल देखिएको छ। कुल १६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको मूल्य घटेको छ भने १५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरको कारोबारमा बजारले २५७८ विन्दुको विन्दु पार गरेको थियो।

Chaka Panja

आजको कुल कारोबार रकम ३ अर्ब १३ करोड ११ लाख ९९ हजार ५२८ रुपैयाँ पुगेको छ। यसक्रममा कुल ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच भएका छन्। आज दिनभरिमा कुल ४१ हजार ६०७ वटा कारोबार मार्फत ३५९ वटा स्क्रिप्टको सेयर किनबेच भएको तथ्याङ्कले देखाएको छ।

आज बजारमा कारोबार भएका सबै कम्पनीको मूल्य एकल अङ्कमै घटबढ भएको छ । त्रिशूली जलविद्युतको ५।११ प्रतिशत वृद्धि र सर्वोत्तम पेन्टसको ४।९४ प्रतिशतको गिरावट नै सर्वाधिक रह्यो ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर २३ करोड ९१ लाखसहित शीर्ष स्थानमा रहेको छ । आज सबै समूहका सूचकमा एक प्रतिशतभन्दा कम उतार चढाव देखिएको छ । सर्वाधिक वृद्धि बैंकिङ क्षेत्रमा ०।६५ प्रतिशतले भएको छ ।

Leave A Reply

Your email address will not be published.