
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- हरिवंश अभिनित ‘पाँच पाण्डव’लाई युनिभर्सल सर्टिफिकेट
- जनताको मान्छे बन्ने ध्येय: भत्ता दानदेखि जनसेवाको दर्शनसम्म रमेश क्षेत्रीको यात्रा
- नवीकरणीय ऊर्जालाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिको आधार बनाउनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ
- विचाराधीन विधेयकलाई तीव्र गतिमा अघि बढाउन सभामुख अर्यालको निर्देशन
- बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा
- गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
- दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त
- मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय
- तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने
- ११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै
नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई
नारायणगढ,
नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ ।
गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो ।

सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेले पुल सेक्टर पोखराका योजना प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गर्नुभएको हो । यसअघि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्नेछ ।
डिभिजन प्रमुख लामिछानेका अनुसार बर्खा सुरु हुनुअघि चितवनतर्फ पुलको पाइल निर्माणको काम गरिएको थियो । चितवनतर्फ अन्तिम फाउन्डेसनको काम भएकोे उहाँले बताउनुभयो । बाढीले पुल निर्माणमा खासै क्षति नगरे पनि गैँडाकोटतर्फ रहेको निर्माण कम्पनीको शिविरमा भने असर गरेको उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिका योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि पुलको जग निर्माणसम्बन्धी केही काम गरिएको थियो । बर्खा लागेपछि काम रोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दसैँलगत्तै निर्माणको काम सुरु गर्ने तयारी छ ।