सुचना, समाचार र मनोरन्जन
IVF New Banner

अमेरिका पठाइदिन्छु भन्दै ठग्ने २ जना पक्राउ

काठमाडौँ/

अमेरिका पठाइदिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने काठमाण्डौ महानगरपालिका–१४ बस्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठ पक्राउ परेका छन् ।

Safal
IVF Post

चन्द्रबहादुर रावललाई अमेरिका पठाइदिने र त्यहाँ मासिक तीन लाख रुपैयाँ कमाइ हुन्छ भन्दै दुई जनाले ४० लाख रुपैयाँ मागेका थिए । उनीहरूले पीडित रावलबाट पटक–पटक गरेर १५ लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।

ठगी गर्ने विशाल श्रेष्ठ र शान्ति श्रेष्ठलाई आज मङ्गलवार कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.