सुचना, समाचार र मनोरन्जन

ओली पुगे सिंहदरबार, नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं /

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।

दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए ।

भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तस्वीर: प्रधानमन्त्रीको सचिवालय

Leave A Reply

Your email address will not be published.