सुचना, समाचार र मनोरन्जन

काठमाडौँ विश्वविद्यालयमा शिल्पकलाको पठनपाठन

काठमाडौँ/

नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो । बिहीवारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौँ विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गरे ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेको बताए । उनले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताए । उनका अनुसार उक्त कोर्स चार वर्षे रहेको छ । बीस विद्यार्थी यसपालि भर्ना भएका छन् ।

Chaka Panja

कक्षा शुभारम्भका क्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएको बताए ।

उनले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी दिए ।

सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शिर उँचो हुने छ भने । उनले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण भएको बताए ।

Leave A Reply

Your email address will not be published.