सुचना, समाचार र मनोरन्जन

स्वास्थ्य विकास र समृद्धिको सुचकः उपप्रमुख गुरुङ

एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडी बढछ भन्दै, समयसमयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिइन्।

पोखरा /

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिईन् ।

पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उनले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढछ, त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।” उनले स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति भएको बताईन् ।

एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडी बढछ भन्दै, समयसमयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिइन्। विरामी भैसकेपछि मात्रै अस्पताल जाने अवस्था छ, अव त्यस्तो हैन समयसयममा जाँच गर्दा स्वस्थ रहन सहयोग पुग्छ उनले भनिन्,“भौतिक विकास मात्रै नभएर मानवीय विकास पनि महत्वपुर्ण हो ।” एउटा घरको ब्यक्ति विरामी हुदाँ परिवारनै अस्तब्यस्त हुने भएकाले स्वास्थ्यलाई ध्यान दिनुपर्ने उपप्रमुख गुरुङले बताईन्।

वडा नम्वर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले मानवीय विकासमा स्वास्थ्य महत्वपुर्ण रहेको बताए। नागरिक स्वस्थ भएमात्रै पुर्वाधारको विकास गरेपनि त्यसको महत्व हुदैन उनले भने, “स्वास्थ्य शिक्षा, कृषिलाई रणनीतिक योजनाका रुपमा अगाडी बढाएका छौ ।” उनले राइट फर चिल्डे«नसंग मिलेर स्वास्थ्यसंग सम्वन्धित कार्यक्रम संचालन गर्दै आएको जानकारी समेत उनले दिए ।

Leave A Reply

Your email address will not be published.