सुचना, समाचार र मनोरन्जन
IVF New Banner

मधेशमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल

काठमाडौं /

राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन्।

शुक्रवार मधेशी आयोगको बार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोवास गर्दै आएको बताए। उनले मधेशी समुदायको भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कार सिंगै देशको जस्तै विविधता रहेको स्पष्ट पारे।

Exchange and test

उनले भने, ‘नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। मधेशमा पनि भाषा, संस्कृति, भेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिंगै देशको जस्तै विविधता छ।’

राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको बताए।

प्रतिवेदन बुझाउदै मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आयोगले मधेश र मधेशीको परिभाषा तय गरेको बताउँदै मधेशी समुदायको जात र थरको पनि सूचीकरण गरेको बताए।

Leave A Reply

Your email address will not be published.