सुचना, समाचार र मनोरन्जन

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्चले दोहोर्‍याएर हेर्ने

काठमाडौं /

सर्वोच्च अदालतले अभिनेता पूर्णविक्रम शाह {पल शाह} विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति प्रदान गरेको हो।

Protin

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्यांकन नगरिएको सर्वोच्चको ठहर छ।

Leave A Reply

Your email address will not be published.