सुचना, समाचार र मनोरन्जन

इजरायलमा मारिएका १० जनाको परिवारलाई १० लाख राहत

काठमाडौँ/

इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । गाजाको किब्बुज भन्ने स्थानको आलुमिम फार्ममा प्रशिक्षणका लागि पुगेका नेपालीहरु हमासको आक्रमणमा परेका हुन् । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए । उनीहरु पढ्दै कमाउँदै कार्यक्रमबाट इजरायल गएका थिए ।

Leave A Reply

Your email address will not be published.