सुचना, समाचार र मनोरन्जन

भृकुटीमण्डपमा आजदेखि घरजग्गा व्यवसाय प्रदर्शनी सुरु

काठमाडौँ/

नेपाल जग्गा तथा आवास विकास सङ्घले काठमाण्डौमा आजदेखि चार दिनसम्म घरजग्गा व्यवसायसँग सम्बन्धित प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आयोजना गरेको छ । कोरोना महामारीका कारण ०७६ देखि रोकिएको प्रदर्शनी यस वर्ष भृकुटीमण्डपमा आयोजना गरिएको हो ।

मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामान र बीमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी यससम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने सङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.