सुचना, समाचार र मनोरन्जन

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना, तीन जना घाइते

घाइते मध्ये जिप चालक कृष्ण बहादु थापाको अवस्था गम्भिर रहेको छ ।

पोखरा /

सराङकोटबाट पोखरा आउदै गरेको जिप दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।

घाइते मध्ये जिप चालक कृष्ण बहादु थापाको अवस्था गम्भिर रहेको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ ।

जिपमा सवार चन्द्राकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् । जिप दुर्घटना भएका आधा घण्टापछि जिपले च्यापिएको अवस्थामा चालक कृष्ण बहादुर थापाको उद्धार गरी अस्पताल लगिएको हो ।

Leave A Reply

Your email address will not be published.