सुचना, समाचार र मनोरन्जन

गुलाब जलमा नमिसाउनुहोस् यी चिज, अनुहार बिग्रन्छ

काठमाडौं /

अनुहारको सुन्दरता बढाउन गुलाब जलको प्रयोग गरिन्छ । यो टोनर गुलाबको पातहरुबाट तयार गरिन्छ। गुलाबजलले छालालाई टाइट गर्ने काम गर्छ । यसले अनुहारमा आउने झुर्रियाँ र फाइन लाइनहरू कम गर्छ। तर कतिपयले यसको गलत प्रयोग गर्छन् जसका कारण यसले छालालाई फाइदाको सट्टा हानि पु¥याउँछ । यहाँ हामी तपाईलाई कुन चिजहरु गुलाबजलमा मिसाएर अनुहारमा लगाउनु हुँदैन भन्ने बारेमा बताउन गइरहेका छौँ ।

गुलाबजलमा के मिसाउनु हुँदैन :

भिनेगर र गुलाब जल– भिनेगरले अनुहारको दागबाट राहत दिन्छ, तर यसलाई गुलाबजलमा मिसाएर प्रयोग गर्दा तपाईंको अनुहारको लागि घातक हुन सक्छ। यसो गर्दा छालाको पीएच परिवर्तन हुन्छ।

बेकिंग सोडा र गुलाब जल– यद्यपि दुवै चीजहरू प्राकृतिक भएपनि दुबै भिन्न प्रकृतिको भएका कारण अनुहारमा एकअर्कासँग प्रतिक्रिया गर्न सक्छन्। यसका कारण तपाईको अनुहार धमिलो हुन सक्छ र दाग पनि आउन सक्छ। यति मात्र होइन, हाम्रो अनुहार संवेदनशील हुन्छ, त्यसैले यो सुख्खा हुने गर्छ ।

तेल र गुलाब जल– कतिपय मानिसले गुलाबजलमा तेल मिसाएर अनुहारमा लगाउँदा विभिन्न प्रकारको एलर्जी वा दाग पनि आउन सक्छ। यसले अनुहारका साथै स्वास्थ्यका लागि पनि हानिकारक साबित हुन सक्छ ।

कागती र गुलाब जल– अनुहार होस् वा कपडा, कागतीको रस दाग हटाउने च्याम्पियन हो, तर यसको रसमा गुलाबजल मिसाएर अनुहारमा लगाउनु हुँदैन। यसो गर्दा तपाईको छाला बिग्रन्छ र तपाईको अनुहार पनि सुख्खा हुन सक्छ।

विच हेजल र गुलाब जल– विच हेजल जडिबुटी हो र गुलाबजल पनि प्राकृतिक कुरा हो तर यी दुईलाई एकै ठाउँमा मिसाउनु हुँदैन । तिनीहरूलाई मिसाएर लगाउनाले अनुहार अझ सुक्खा बनाउँछ र चिलाउने पनि हुन थाल्छ।

– यदि तपाईं अल्कोहलमा आधारित टोनर प्रयोग गर्नुहुन्छ भने त्यसमा गुलाबजल कहिल्यै मिसाउनु हुँदैन। जसका कारण छाला सुख्खा हुने र छालामा जलन हुने गुनासो हुन सक्छ ।

–यस्तै माटोको फेस प्याकमा गुलाब जल मिसाएर प्रयोग गर्नु हुँदैन । यसो गरेमा छालामा जलन हुन सक्छ ।

गुलाब जलका फाइदाहरू :

– यसले अनुहारलाई गहिरो सफा गर्छ । आयुर्वेदिक भएकाले यसले छालालाई कुनै हानी गर्दैन ।

–गुलाब जलले मेकअप रिमूभरको रूपमा पनि राम्रो काम गर्दछ।

– यसले अनुहारलाई टाइट गर्ने काम गर्छ ।

Leave A Reply

Your email address will not be published.