सुचना, समाचार र मनोरन्जन

१८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन यही फागुन ५ गते हुने

म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति {बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, हंगकंग, सर्भेया} बनाएर काम अघि बढी रहेको छ ।

पोखरा /

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२४, यही फाल्गुन ५ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।

म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति {बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, हंगकंग, सर्भेया} बनाएर काम अघि बढी रहेको छ ।

१८ औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदै म्याराथन पुरा गर्नेछन्। सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ। समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौरसाइटमा हुने छ।

Chaka Panja

सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा “स्वास्थ्यको लागि,पोखराको लागि” रहेको छ । देशकै मोफसलमा हुने सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।

यसपालि म्याराथनलाई विशेष बनाउनका लागि मुख्य म्याराथनका विधाहरुका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने भएको छ जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । साथै अरू बिदाहरू जस्तै महिला हाफ म्याराथन, १० कि।मि पुरुष तथा महिला, ५ कि।मि छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीन तर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा।लि। को सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै शारीरिक तन्दुरुस्ती र पौस्टिकतासंग सम्बन्ध राख्ने सफल दूधले पोखरा वासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा कम्पनी विश्वस्त छ । बिगत ९ वर्ष देखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभत्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्नको साथै पोखरा वासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवान्वित महसुस गरेको छ । साथै मुख्य प्रयोजन ३ वर्षका लागि नविकरण पनि गरेको कम्पनीले जनाएको छ।

सम्पूर्ण पोखरा बासीहरूलाई फाल्गुन ५ गते हुनगइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई “स्वास्थ्यको लागि,पोखराको लागि” दौडिन कम्पनीले आवहान गरेको छ।

Leave A Reply

Your email address will not be published.