सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सभा निर्वाचन: बालेन र हर्क साम्पाङले गरे मतदान बहिष्कार

काठमाडौं /

राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार भइरहेको निर्वाचनमा मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह {बालेन} र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई {हर्क साम्पाङ}ले भने मतदान नगर्ने भएका छन्।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ। तर, शाह हेटौँडा पुगेका छैनन्। महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ।

यस्तै धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन्। बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

यी दुबै स्वतन्त्रबाट निर्वाचित मेयले पछिल्लो समय निकटता बढाएका छन् । यी दुबै मिलेर नयाँ दल गठन गर्नेसम्मको तयारी रहेको राजनीतिक वृत्तमा चर्चा छ ।

यस अघि हर्कले धरानमा आयोजना गरेको कार्यक्रममा समेत काठमाडौंका मेयर बालेन प्रमुख अतिथि बनाइएका थिए।

Leave A Reply

Your email address will not be published.