सुचना, समाचार र मनोरन्जन

बेलायती प्रधानमन्त्री ऋषि सुनककी सासु सुधा मूर्ति भारतको राज्यसभा सदस्यमा मनोनित

काठमाडौं /

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको केन्द्र सरकारले लेखिका सुधा मूर्तिलाई राज्यसभामा मनोनयन गरेको घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्यान्डलबाट ट्विट गर्दै यो जानकारी दिएका हुन् ।

मोदीले लेखेका छन्, “राष्ट्रपतिले सुधा मूर्ति जीलाई राज्यसभामा मनोनीत गरेकोमा म खुसी छु। समाज सेवा, परोपकारी कार्य र शिक्षा जस्ता विभिन्न क्षेत्रमा सुधा जीको योगदान अतुलनीय र प्रेरणादायी छ।”

उनका अनुसार, “राज्यसभामा उहाँको उपस्थिति हाम्रो ‘महिला शक्ति’ को एक ठूलो प्रमाण हो जसले हाम्रो देशको भाग्यलाई आकार दिन महिलाहरूको शक्ति र क्षमताको उदाहरण दिन्छ। म उहाँको सफल संसदीय कार्यकालको कामना गर्दछु।”

सुधा मूर्ति इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिकी पत्नी र बेलायती प्रधानमन्त्री ऋषि सुनककी सासू हुन्।

Leave A Reply

Your email address will not be published.