सुचना, समाचार र मनोरन्जन

कालिका गण स्थापना दिवसको सन्दर्भमा सशस्त्र प्रहरीद्वारा रक्तदान

कालिका गणमा कार्यरत ६६ जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरूले रक्तदान गरेका हुन् ।

पोखरा /

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीले १९ औं स्थापना दिवसको छेको पारेर सोमबार रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ ।

कालिका गणमा कार्यरत ६६ जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरूले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा सङ्कलित ६६ युनिट रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा, पोखरालाई हस्तान्तरण गरेको जानकारी सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरूणकुमार शर्मा पौडेलले बताए ।

२०६१ चैत्र २१ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरूसँग जोडिएर खेलकुल, विपद् सम्बन्धी सचेतना तथा प्रदर्शनी, मठमन्दिर सरसफाइ, वृक्षारोपण र रक्तदान गरी सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको युनिटका रूपमा समेत चिनिने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.