सुचना, समाचार र मनोरन्जन
Sarangi

चाड पर्वको समयमा अन्नपुर्ण गाउँपालिकामा बजार अनुगमन

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी.ले चाडपर्व र उपभोक्ताहरुको हितलाई मध्येनजर गरि प्रभावकारी रूपमा अनुगमन कार्यलाई अगाडि बढाउनको लागि बजार अनुगमन टोलिलाई निर्देशन दिएका छन्।

पोखरा /

चाड पर्वका समयमा महँगी र अखाद्य बस्तुको बिक्री वितरण रोक्न उपभेाक्ताकेा हितका लागी कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गरेको छ ।

गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले चाडपर्वको मौकामा हुनसक्ने कृतिम अभाव, अस्वाभाविक मुल्यवृद्धि र गुणस्तरहिन सामाग्रीको बेचबिखन बाट उपभोक्तामा पर्न जाने समस्यालाई मध्यनजर गर्दै वडा न १ र २ को नौडाँडा बजार क्षेत्रको अनुगमन गर्यो।

अनुगमनको क्रममा विगतमा जस्तो म्याद गुज्रिएको सामानहरु फेला नपारेको अनुगमन शाखा प्रमुख नारायण क्षेत्रीले बताए । व्यापारीहरुको भनाइ अनुसार होलसेलर सप्लायर्सहरुले चिनी पर्याप्त मात्रामा उपलब्ध नगराएको र खुद्रा व्यापारीहरुलाई खरिद बिल उपलब्ध गराउन समेत आनाकानी गर्ने गरेको पाइएको छ।

उपभोक्ताहरुको गुनासो र बजार क्षेत्रमा हुनसक्ने शंकास्पद गतिविधिलाई ध्यानमा राखी अन्नपूर्णबासी आम उपभोक्ताहरुको हितलाई मध्येनजर गर्दै बजार अनुगमन कार्यलाई जारी राखिने जनाइएको छ । यस भन्दा अगाडि गरिएको बजार अनुगमनको क्रममा भेटिएका कमि कमजोरीहरुलाई सच्याउनको लागी व्यापारी-ब्यवसायिहरुलाइ चेतावनी दिएर छोडिएको भएता पनि अब थालिएको अनुगमनको क्रममा त्यस्तो खालको कमजोरीहरु दोहोरिएको पाइएमा तत्काल कारवाही गर्ने र म्याद नाघेको तथा खान अयोग्य खाद्य सामानहरु भेटिएमा तत्काल जफत गरि नष्ट गरिने क्षेत्रीले जनाए ।

चाडपर्वको समयमा हुने दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्य वृद्धि, कृत्रिम अभाव, कालोबजारी लगायत क्रियाकलाप बढेको गुनासो आएकेाले अनुगमन गरेकेा क्षेत्रीले बताए ।

संयोजक क्षेत्री सहित अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था गरेको छ ।

यस्तै कार्तिक २ गते अन्नपूर्ण ५ नयाँपुल बजारमा अनुगमन गर्दा विभिन्न पसलहरुबाट म्याद नाघेका बियर लगाएत विभिन्न प्रकारका पेय पदार्थहरु, दालमोठ, नम्किन, मुस्ली, पिठो, साबुन, सस, मसलाहरु, घ्यु, तेल लगाएतका धेरै सामाग्रीहरु बजार अनुगमन निर्देशिका २०७४ को दफा ९ बमोजिम बरामद गरि स्थानीय बासिन्दाहरु, बजार क्षेत्रका प्रतिनिधिहरु र प्रहरी प्रशासनको रोहवरमा नस्ट गरिएको हो।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी.ले चाडपर्व र उपभोक्ताहरुको हितलाई मध्येनजर गरि प्रभावकारी रूपमा अनुगमन कार्यलाई अगाडि बढाउनको लागि बजार अनुगमन टोलिलाई निर्देशन दिएका छन्। अनुगमनमा गाउँपालिका अध्यक्ष के.सी, पत्रकार इन्द्र पौडेल, अनुगमन शाखा प्रमुख नारायण क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.