सुचना, समाचार र मनोरन्जन

महिलाका लागि बस ‘फ्री’‍ गराएर रविले भोटको राजनीति गरेः पोखरेल

काठमाडौँ/

नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाका लागि निस्शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटको खेती गरेको टिप्पणी गरेका छन्।

महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन्।

चितवन- २ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले आफू निर्वाचित भएको सय दिनको अवसरमा त्यहाँ महिलाका लागि निस्शुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन्। रविले यस दिनको अवसरमा यससँगै रोजगारी लगायतका नयाँ निर्णय पनि सुनाएका थिए।

‘आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्रु जिज्ञासा उठ्नु स्वाभाविक हो। नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ। चितवन महिला जागरण र जागृतिको थलो हो’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्।

Leave A Reply

Your email address will not be published.