सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

अलैँचीको भाउ ६ वर्षयताकै उच्च

पाँचथर/

पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।

IVF Big

पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिए ।

जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष अधिकारी भनाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.