सुचना, समाचार र मनोरन्जन
IVF New Banner

रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ।

Exchange and test

पार्टीको केन्द्रीय समिति बैठकले सो पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव हुनुपर्ने अथवा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोक्ने निर्णय गरेको हो।

यस्तै प्रदेश समितिका पदाधिकारी र सदस्यको लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको छ। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा १२ कक्षा उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुईवर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड तोकिएको रास्वपाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.